Logo
Logo

सुनको बालाका कुरामा अलमल्लिनु हुँदैन : विश्वप्रकाश शर्मा


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । बुधबार पूतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्नसमेत अनुरोध गरे । उनले भने, ‘चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले राष्ट्रपति पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । उनले ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अलमल्याउन खोजेको समेत बताए ।

उनले भने, ‘ओलीको सुनको बालाको कुरामा अलमल्लिनु अहिले हुँदैन । संसद् विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्स करेक्सन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भूमिका छ, त्यो भूमिका फेरि पनि एक ठाउँमा आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्