Logo
Logo

स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा गर्न आदेश


819
Shares

काठमाडौं । नेपाल टि २० क्रिकेट लिगको क्रममा स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीहरुलाई ३ लाख रुपैयाँका दरले धरौटीमा रिहा गर्न आदेश दिएका हो ।

सीआईबीका प्रवक्ता एसपी सञ्जय सिंह थापाका अनुसार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुसँग धरौट माग गर्ने आदेश दिएको हो । अदालतले माग गरेको धरौटी बुझाएपछि उनीहरु थुनामुक्त हुने भएका छन् ।

बाराको सिम्रौनगढ–३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए । सोही मुद्दामा काठमाडौंको कलंकीका नविन कँडेल र सप्तरीको राजविराजका रबि माझी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्