Logo
Logo

कृषि विकास बैंकको अध्यक्ष रामशरण पुडासैनी नियुक्त


441
Shares

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबँर बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइसकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए ।

विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्