
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज पहेँलो धातु सुनको भाउ घटेकाे छ । आज (बिहिबार) छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको हाे ।
अघिल्लो दिन प्रतितोला एक लाख तीन हजारमा कारोबार भएको सुनको भाउ आज एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय ८५ मा कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।











