Logo
Logo

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक स्थगित


7.4k
Shares

काठमाडौं । पुरानो पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । आज साँझ ५ बजे बस्ने तयारी गरिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको थियो । राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुबीच तिव्र छलफलमा जुटका छन् । पुरानो गठबन्धनको बैठक रोकिएपनि एकलरुपमा शीर्ष नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले भेट्ने क्रम भने जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्