Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


2.6k
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ।

सोही दिन राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यतालिका पनि रहेको छ। उक्त मनोनयअघि एमालेले सचिवालय बैठक बोलाएको हो ।

राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनभित्र खटपट भइरहेकाले पुष १० को सहमति पालना नगरे सरकारबाट बाहिरिने एमालेले जनाएको। एमालेका सचिव योगेश भट्टराईले आज रुकुम पश्चिममा पुगेर माओवादीले पुष १० को सहमति पालना नगरे सरकारबाट बाहिरिने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्