Logo
Logo

राष्ट्रपति निर्वाचनबारे प्रचण्डले ओलीसँग छलफल गर्ने


4.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलि एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् ।

जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’

बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन् । सरकारमा सहभागी नभएका दलहरुसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेका प्रचण्डले गठबन्धन बदल्न खोजेको आशंका पनि छ ।

प्रतिक्रिया दिनुहोस्