Logo
Logo

राष्ट्रपतिबारे औपचारिक निर्णय गर्दै एमाले, सचिवालय बैठक आह्वान


1.6k
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । राष्ट्रपति उम्मेदवारका बारेमा दलहरुबीच रस्साकस्सी चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

भाेलि बिहान ८ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ । उसले पुस १० को प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडान राखेको छ ।

यसअघि ओली र प्रचण्डबीच भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो । 

सचिवालय बैठकको निर्णयसहित दिउँसो ओलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्