Logo
Logo

इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरको निर्देशन


441
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका र सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरूले शहर नै कुरूप भएको भन्दै महानगरले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हटाउन भनेको हो ।

ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्