Logo
Logo

केपी ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’


1.8k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थालेका छन् ।

उनले जन्मदिनको अवसर पारेर बिहीबारदेखि ‘केपी बा’ नाम राखिएको युट्युव च्यानल चलाउन थालेका हुन् । आफ्ना अनुभवहरु जनतासमक्षम पु¥याउनका लागि सो च्यानल सञ्चालनमा ल्याइएको ओलीको भनाई छ ।

ओलीले आफ्नो च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो पहिलो भिडियो अपलोड गरेका छन् । च्यानलमा जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी राखिने रामशरण बजगाईले बताए ।

प्रतिक्रिया दिनुहोस्