Logo
Logo

पुरानो गठबन्धनले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने


1.6k
Shares

काठमाडौं । पुरानो गठबन्धनको बैठक सकिएको छ । बैठक साँझ पाँच बजे पुन बस्नेगरी सकिएको बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

उनले पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपतिको विषय ५ बजे बस्ने बैठकले टुंगो लगाउने बताए । बिहानको बैठक पनि राष्ट्रपतिमै केन्द्रित भएको उनले बताए । थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका छन् ।

उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् । ‘सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले भने ।

उनले भने, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ ।’

प्रतिक्रिया दिनुहोस्