काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने जसपा प्रचार विभागले जानकारी दिएको छ ।















