Logo
Logo

सन्दीप युएई जान नपाउने


315
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने युएई जान नपाउने भएका छन् । सन्दीपले विदेशमा खेल्न जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतबार पेशी तोक्न आदेश दिएको छ ।

सन्दीपले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनि बिहीबार सर्वोच्चमा निवेदन थिए । सोमबारबाट सुरु हुने आठौँ श्रृंखलामा नेपालले यूएई र पपुवान्यु गिनीसँग दुई–दुई खेल खेल्दैछ । त्यसका लागि नेपाली राष्ट्रिय टोली शनिबार दुबई जाँदैछ ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेश दिएपनि विदेश जान रोक लगाएको थियो ।

नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्