काठमाडौं । निर्वाचनअघिको पाँच दलीय गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी भएका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा निर्णय गर्न शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा बैठकमा यी तीन दल पनि सहभागी भएका हुन् । बैठकमा सहभागी हुन जनमतका नेता अब्दुल खान, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्चिता चौधरी र लोसपाको अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । आजको बसेको बैठकले पुरानो गठबन्धनलाई ब्युँताएर राष्ट्रपतिको उम्मेदवार तय गर्ने नेताहरुले बताएका छन् ।
बैठकमा पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका शीषृ नेताहरु सहभागी छन् । बैठक जारी छ ।














