काठमाडौं । जनता समाजवादी पार्टीले उपराष्ट्रपति पद पाउने भएको छ । शुक्रबार साँझ बालुवाटारमा भएको चार दलीय बैठकले जसपालाई उपराष्ट्रपति पद दिने सैद्धान्तिक सहमति भएको हो ।

यसअघि जसपाले कुनै पनि गठबन्धनमा जान उपराष्ट्रपति पदलाई बटमलाइन बनाएको थियो । जसपाको मागअनुसार बालुवाटार बैठकमा सहभागी आठ दल जसपालाई उपराष्ट्रपति पद दिन सहमत भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए ।
यस्तै, बैठकले रष्ट्रपति पद नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव ज्वालाका अनुसार उपराष्ट्रपति पद जसपालाई दिने सैद्धान्तिक सहमति भएपछि आगामी बैठकले यस विषयमा ठोस निर्णय गर्ने भएको छ ।














