Logo
Logo

राप्रपा कार्यसम्पादन समिति र संसदीय दलको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

यसअघि शुक्रबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । संयुक्त बैठकले सरकारमा बस्ने नस्नेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

यसैबीच राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबार काठमाडौंमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्