Logo
Logo

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु



मुम्बई । भारतको मध्यप्रदेशमा एक ट्रकले ३ वटा बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ५० जना घाइते भएको छ । घाइते मध्य १० जनाको अवस्था गम्भीर छ ।

सतना भन्ने ठाउँमा भइरहेको धार्मिक मेलाका तिर्थ यात्री बोकेका ३ वटा बसलाई ट्रकले ठक्कर दिएको हो । सिमेन्ट बोकेको तीव्र गतिको ट्रकले गएराति ९ बजे रोकिराखेका ३ वटा बसलाई ठक्कर दिएको थियो । टायर पञ्चर भएर अनियन्त्रित बनेको ट्रकको ठक्करबाट दुईवटा बस सडकबाट उछिट्टिएको र एउटा बस सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यी प्रत्येक बसमा ५० देखि ६० को संख्यामा यात्रु थिए। दुर्घटनापछि मध्ये प्रदेश सरकारका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १०–१० लाख र घाइतेलाई २–२ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्