Logo
Logo

रामचन्द्रद्वारा मनोनयन दर्ता, राष्ट्रपति निर्वाचित हुने पक्का


4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका छन् । शनिबार दिउँसो नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलगायत ८ दलको समर्थनमा रामचन्द्रले मनोनयन दर्ता गराएका हुन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन अगाडिका गठबन्धन दलबीच कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिका लागि समर्थन गर्ने सहमति भएको थियो ।

निर्वाचन अगाडिका दलहरुले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै शनिबार बिहान बसेको कांग्रेस बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मनोनयनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आठै दलका नेता सहभागी थिए ।

आठ दलको समर्थन पाएसँगै रामचन्द्र राष्ट्रपति निर्वाचित हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्