काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत राष्ट्रपति हुने आफ्नो इच्छा रहेको बताएका छन् । शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि पौडेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पौडेलले भने, ‘केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, उहाँ पुरानो साथी हो । उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु । त्यससँगै सर्वसम्मत बन्ने मेरो इच्छा हो ।’
उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने बताए ।














