Logo
Logo

प्रभु साहले रामचन्द्रलाई समर्थन गर्ने


3.3k
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम आदमी पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांगेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने भएको छ । पार्टीका प्रचार बिभाग प्रमुख चन्द्रभुषण साहले बिज्ञप्ति जारी गर्दै नेता पौडेललाई समर्थन गर्ने जानकारी द्एिका हुन् ।

‘नेपालको राजनीतिमा बिगतमा भए गरेका घटना परिघटना एबम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने बिषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ जारीे बिज्ञप्तिमा भनिएको छ ।

रामचन्द्रले एकताको प्रतिक बनि देश र जनताको हितबमोजिम आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नेछन् भन्ने पार्टीको विश्वास रहेको बताएको छ ।

‘उहाँ राष्ट्रिय एकताको प्रतिक बनि देश र जनताको सर्बोपरी हित बमोजिम आफनो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एबम बिश्वाससहित जीतको अग्रिम बधाई एम शुभकामनासमेत ब्यक्त गर्दछु ।’

आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ । पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्