Logo
Logo

पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदै


1.7k
Shares

काठमाडौं । अभिनेता पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफुले सफाई पाउनुपर्ने माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालत नवलपुरले नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ ।

सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । उता सरकारी वकिल पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् ।

आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो । हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्