Logo
Logo

सन्दीपको मुद्दा न्यायाधीश मल्ल र चुडालको इजलासमा


1.4k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदैछ । सन्दीपले विदेशमा खेल्न जान पाउनुपर्ने माग गर्दै दायर गरेको निवेदन सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको हो ।

आजको सुनुवाईले सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे निर्णय गर्नेछ । यसअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवदेन दायर गरेको छ ।

शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमती माग गरेको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्