Logo
Logo

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्यो


567
Shares

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सनको भाउ आज (आइतबार) सामान्य ओरालो लागेको छ । साताको पहिलो कारोबार आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ ओरालो लागेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो । आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्