Logo
Logo

सन्दीपको मुद्दा : बन्द इजलासमा बहस सुरु


1.8k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश खेल्न जान पाउनुपर्ने माग गर्दै दागर गरेको मुद्दामा बहस सुरु भएको छ ।

सन्दीपका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेपछि सर्वोच्च अदालतको बन्द इजलाशमा बहस सुरु भएको हो ।

सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु गरिएको छ ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुरावेदन गरेको छ । यता सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । यी दुबै निवेदनमाथि बहस सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्