
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले ३७औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय दरबार मार्गमा आज रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा एक सय जनाभन्द धेरैले रक्तदान गरेका छन्। रक्तदानमा बैंकका कर्मचारीहरुका साथै ग्राहकहरुको उत्साहजनक सहभागीता रहेको छ ।
बैंकले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान गर्दै आएको छ । रक्तदान गर्नेहरुलाई बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले प्रमाणपत्र प्रदान गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा रुपान्तरण भएको यस बैंक मेघा बैंकसँग मर्जर भएपछि बैंकको छोटो नाम ‘एनआइएमबी’ भएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।














