Logo
Logo

वामपन्थीहरु मिल्नु आवश्यक : नेता खनाल


3.5k
Shares

सुर्खेत । सम्मानित नेता झलनाथ खनालले तत्काल एकीकृत समाजवादीको अन्य पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् । आइतबार सुर्खेत पुगेका नेता खनालले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले वामपन्थीहरु बीच एकता हुन आवश्यक रहेपनि तत्काल त्यसको सम्भावना नहरको बताएका हुन् ।

उनले भने– ‘वामपन्थीहरू मिल्नु आवश्यक छ । तर, उनीहरु भित्रै दक्षिणपन्थी छन् । त्यसैले एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ ।’ अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने भन्दै उनले वामपन्थिहरु एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बता बताए ।

‘गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ । नत्र अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।’

राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्