काठमाडौं । धेरै समयपछि आइतबार काठमाडौंलगायत देशका विभिन्न भागमा पहिलो हिउँदे वर्षा भएको छ । अहिले आकाशमा बाक्लो बादल लाग्नुका साथै गड्याङगुडुङसहित हावाहुरी र वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंको साँखुलगायत क्षेत्रमा पानी परिरहेको छ भने साँझसम्म काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना रहेको ।
पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ । प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने मौसम विभागले जनाएको छ ।














