काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलीय गठबन्धनको बैठक बोलाएका छन् । राष्ट्रपति निर्वाचनका लागि बनेको दललाई छलफलका लागि अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएकाे छ ।
आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासमको मत लिनुपर्ने भएको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनअघि विश्वासको मत लिने कि निर्वाचनपछि मात्रै लिने भन्ने विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलसँग परामर्श गर्न बैठक बोलाइएको बताइएको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
तत्कालको सत्ता गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यतामा छन् ।
एमालेले राष्ट्रपति निर्वाचनपछि मात्रै सरकार छोड्न सक्ने नेताहरुको भनाइ छ । यस्तोमा राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने या पछि लिने भन्नेबारे आजको बैठकमा छलफल हुने माओवादीका एक नेताले बताए ।














