Logo
Logo

प्रधानमन्त्री र सुदूरका मुख्यमन्त्रीबीच भेटवार्ता


2.1k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

आइतबार प्रधानमन्त्री र मुख्यमन्त्री शाहबीच भेटवार्ता भएको शाहको सचिवालयले जनाएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेश सरकारले लिने विश्वासको मत र यस क्षेत्रको विकास र समृद्धिमा केन्द्रित भएर कुराकानी सचिवालयले जनाएको छ ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले पनि विश्वासको मत लिएका छैनन् । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । उनले फागुन २० गतेभित्र विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्