Logo
Logo

अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने मन्त्री किरातीको घोषणा


567
Shares

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकोप्टर चार्टर नगर्ने घोषणा गरेको छन् ।

मन्त्री किरातीले घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै सामाजिक विलासिता अन्त्य गर्न आफुले राष्ट्रिय विपति र अति आवश्यक कामबाहेक आफ्नो कार्यकालमा हेलीकोप्टर नचढ्ने नीति लिएको जानकारी गराएका हुन् । मन्त्री किरातीले कतिपय कायक्रममा जनताले हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आफु नगएको बताएका छन् ।

उनले भने काछन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु ।’

उनले ऋण गरेर हेलिकोप्टर चार्टर नगर्न समेत सबैलाई आग्रह गरेका छन् । ‘ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ । धन्यवाद,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्