
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयामबारे प्रकाश पारेका थिए ।
त्यस्तै एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्धाका विषयमा प्रकाश पारेका थिए ।
सहभागीहरुले सिड्नीमा नेपाली पुँजी बजारको सम्भावना र अवसरका बारेमा जानकारी गराएकोमा धन्यवाद दिएका थिए । साथै आगामी दिनमा यस्तै कार्यक्रमको आयोजना गर्न समेत आग्रह गरेका थिए ।














