Logo
Logo

इटालीमा डुंगा दुर्घटना हुँदा ५९ जना आप्रवासीको मृत्यु



काठमाडौं । इटलीको क्यालिब्रिया सामुद्रिक तटमा एउटा डुंगा डुब्दा कम्तीमा ५९ जना आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ ।

कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो । घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन् ।

दुर्घटनामा नवजात शिशुसमेत कयौँ बालबालिका परेका छन् । इटलीको एएनएसए न्यूज एजेन्सीका अनुसार स्टेकाडो डि क्याट्रो तटमा २८ जनाको शव भेटिएको छ। अरु शव समुद्रको पानीभित्रबाट निकालिएको अधिकारीहरुले जनाएको छ ।

गैरकानूनी बाटो हुँदै युरोप प्रवेश गरिरहेका आप्रवासी बोकेको यो डुंगामा झण्डै ५० जना बालबालिका नै रहेको बताइएको छ। पाकिस्तान, अफगानिस्तान र इराकका आप्रवासीहरु टर्की हुँदै सामुद्रिक बाटोबाट इजली जाँदै गरेका थिए ।

खराब मौसमका कारण डुंगा चट्टानमा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पाकिस्तान र अफगानिस्तानका आप्रवासी धेरै रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्