
काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज (मंगलबार) मलेसियासँग खेल्दै छ ।
यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो । मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ । नेपाल तीन खेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।











