Logo
Logo

ओलम्पिक छनोटका लागि महिला टोली घोषणा


252
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटका लागि महिला टोलीको घोषणा गरेको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । सन् २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूहको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ । बन्द प्रशिक्षण फागुन १९ गतेदेखि हुने एन्फाले जनाएको छ ।

नेपाल रहेको समूह सी मा अफगानिस्तान र भियतनाम छन् । अफगानिस्तानले ५ अप्रिलमा भियतनामसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल ८ अप्रिलमा अफगानिस्तानसँग खेल्नेछ । दोस्रो खेल ११ अप्रिलमा भियतनामसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्