Logo
Logo

बीपीडब्लूको आइपिओ आजदेखि बिक्री खुला


1.1k
Shares

काठमाडौं। बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका ९७ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

जसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । १ हजार ५ सय कित्ता शेयर कर्मचारी तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ ।

बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपिओका लागि छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्