Logo
Logo

सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुुँदै, एन्टिबायोटिक चलाइयो


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

गएको मंगलबार उनको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको अपरेसन गरिएको थियो । त्यसपछि हल्का इन्फेक्सन (संक्रमण) देखिएकाले अहिले एन्टिबायोटिक्स चलाइएको चिकित्सकले बताएको अस्पताल परिसरमा रहेका उनका नातेदार मीनप्रसाद भण्डारीले बताए ।

अहिले ज्वरो नआएको र अपरेसनपछि आज ‘ड्रेसिङ’ गरिने उनले बताए । यही फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए ।

हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भइसकेको छ । नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । उनी १५ दिनदेखि भारतमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्