Logo
Logo

शर्मिला वाइबाले पिए बिष, वीर अस्पतालमा उपचार हुँदै


2.6k
Shares

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले आत्महत्याको प्रयास गरेका छन् । बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएर आत्महत्याको प्रयास गरेका हुन् ।

अहिले उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तर, विष पिउनुको कारणबारे खुलेको छैन ।

वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएका थिए । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिए ।

प्रतिक्रिया दिनुहोस्