Logo
Logo

प्रभु स्मार्ट फण्डको निष्काशन तथा बिक्री खुला


315
Shares

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको निष्काशन तथा बिक्री खुला गरेको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गरेको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

निष्काशित कुल ८ करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कूल १ करोड २० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले फागुण १८ गतेबाट आवेदन ख्ला गरिएको हो । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा फाल्गुण २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको शेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये उत्कृष्ट कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फण्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्