Logo
Logo

नेपाल भाषाका लेखिका अपर्णालाई सम्मान



काठमाडौं । मातृभाषा साहित्य प्रष्ठिानले नेपाल भाषी साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । अन्तर्राष्टिय माभातृभाषा दिवस–२०२३ को अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल भाषामा विभिन्न विधाका २९ वटा पुस्तक लेखेर भाषा उथ्थानमा सेवा गरेकामा सम्मान गरेको हो ।

कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले साहित्यकार प्रधानलाई रु २५ हजार नगदसहित सम्मानपत्र अर्पण गरे । कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले मातृभाषामा प्रधानले गरेको सेवाको बयान गर्न नसकिने भन्दै महिलालाई आफुले जहिले पनि पुजा गर्ने बताए ।

मातृभाषा आफैंमा आमा भएकोले आमालाई सम्मान अर्पण गर्न पाउँदा खुशीले गदगद भएको उल्लेख गरे । मातृभाषा सहित्य प्रतिष्ठानको अध्यक्ष सुलोचना मानन्धर धिँतालले राज्यले बेवास्ता गरेका मातृभाषि साहित्यकारहरु ओझेल परिरहेको अवस्था संस्थाले सम्मानका शब्द मात्रै अर्पण गर्न पाउँदा पनि गर्वले छाती फुलेको बताए ।

स्वास्थ्यमा आएको गम्भीर समस्याका कारण ६ महिनासम्म कोमामा पुगेको साहित्यकार प्रधानले दोस्रो जिवन प्राप्त गरेपछि लगातार नेपाल भाषामा साहित्यका विभिन्न विधामा पुस्तक लेखेका छन् ।

हाल उमेरले ७६ वर्षमा रहेमा प्रधानले कविता, कथा, उपन्यास, समालोचनालगायत विधामा कलम चलाउँदै आएका छन् । उनले आफुले भोगेका जिवनसंर्घष, महिलामाथि हुने समाजिक विभेद, नेपाली समाजमा रहेका विविध विषयमा पुस्तक लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्