Logo
Logo

ओलीको प्रश्न- जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ?


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’ले भारतलाई रिझाउन र चीनलाई चिढाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विदेशी शक्तिलाई रिझाउनकै लागि एमालेसँगको गठबन्धनबाट भागेको समेत टिप्पणी गरेका छन् ।

उनले भारतलाई रिझाउनकै लागि अपर मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न दिने र भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रचण्ड आफैं अग्रसर भएको दावी गरे ।

‘माथिल्लो मुस्ताङ, जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ?’ अध्यक्ष ओलीले भने, ‘यो चीनविरुद्धको गद्दारीमात्र होइन, हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेलमैदान बनाउन खोज्दैछन् ।’

मालिक खुसी बनाउन आफ्ना जनतालाई विषादी खुवाउन प्रधानमन्त्री तयार रहेको टिप्पणी गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीकै आदेशमा भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्न भनियो ।’

प्रतिक्रिया दिनुहोस्