Logo
Logo

‘ए’ डिभिजन लिग : विभागीय टोली एपीएफकाे विजयी सुरुवात


693
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग विभागीय टोली एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।

एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा पोस्टको जाली चुमेको थियो । त्यसपछि खेलको ८६औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । एपीएफले भने हारबाट लिगको सुरुआत गरेको छ ।

त्यस्तै, नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले पनि लिगमा विजयी सुरुआत गरेको छ । च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । पुलिसका रबि पासवानले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्