Logo
Logo

युएईविरूद्ध भीम सार्कीको अर्धसतक


1.1k
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा भीम सार्कीले आफ्नो पहिलो ओडिआई अर्धसतक पुरा गरेका छन् । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ७८ बलमा ५ चौकासहित आफ्नो पहिलो एक दिवसीय अर्धसतक पुरा गरेका हुन् ।

६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औं ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।

नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।

युएईका लागि जुनाइद सिद्धिकि र आयन लाक्राले २/२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १(१ विकेट लिए।

अहिले क्रिजमा आरिफ खेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले ३७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्