Logo
Logo
आईसीसी विश्वकप लिग-२

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य


1k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो ।

नेपालको लागि भीम कार्कीले उत्कृष्ट प्रर्दशन गरे । उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन जोडे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले एक दिवसीयमा पहिलोपटक अर्धसतक पुरा गरेका हुन् । २०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो ।

सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए । कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए ।

यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए । लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्