Logo
Logo

दोस्रो बलमै नेपाललाई सफलता, सोमपालले लिए विकेट


945
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएई अहिले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ ।

ओपनर र टपअर्डर फ्लप हुँदा सुरुमै धर्मराएको नेपालको इनिङ अन्तिमक्रमका ब्याटरहरुले सम्हालेर २२९ रनमा पुर्याएका थिए ।

यस्तोमा जवाफी ब्याटिङ गरिरहेको यूएईले सुरुमै विकेट गुमाएको छ । नेपाली बलर सोमपाल कामीले नेपालको पहिलो ओभर बलिङ गर्ने क्रममा दोस्रो बलमै यूएईका मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् ।

ओपनर वासिम आउट भएपछि अहिले उनको स्थानमा असिफ खान र आर्यन लाक्रा क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस्