Logo
Logo

मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको नाममा अक्षयकोष स्थापना



काठमाडौं । मगर संघ हङकङले नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुन मगरको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । मगर संघ हङकङले आफ्नो ४१औँ स्थापना दिवशको अवसरमा एक कार्यक्रम गरी अक्षयकोष स्थापनाको घोषणा गरेको हो ।

संघका अध्यक्ष हर्कप्रसाद राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व.हेमबहादुर पुन मगरको सम्झनामा शिक्षा र स्वास्थ्य शीर्षकमा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । उक्त अक्षयकोष शिक्षा तथा स्वास्थ्य शीर्षकमा खर्च गरिने अध्यक्ष हर्कप्रसाद राना मगरले बताए ।

मगर संघ हङकङको अध्यक्ष हर्कप्रसाद राना मगरले अध्यक्षता गरेको कार्यक्रममा उपाध्यक्ष शिला राना मगरले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्ण दर्लामी मगरले गरेका थिए । साथै, कार्यक्रममा संस्थापक स्व. हेमबहादुरको तस्बिरमा पुष्पाअर्पणसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल वैदेशिक शाखाका सचिव नीता थापा मगर, अल्पसंख्यक हङकङका अध्यक्ष शिला धमला, भातृ संस्था पुन मगर समाज हङकङका पूर्वअध्यक्ष जसबहादुर चोचाङ्गी पुन मगर, जातीय संस्थाबाट तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङ, जनसम्पर्क समिति हङकङका सभापति काजी गुरुङका आलाव प्रमुख अतिथि पुर्ण दर्लामी मगर र संस्थाका अध्यक्ष हर्कप्रसादले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा तमु समाज हङकङको तेस्रो अधिबेसनबाट निर्वाचित नरेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । संस्थाका महासचिव झलक थापा मगरले सञ्चालन गरेको कार्यक्रममा चर्चित कलाकार प्रकाश सपूत र ताराश्रीष मगरलगायतका कलाकार मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्