Logo
Logo

नेकपाद्वारा मेयरका लागि तीन जनाको नाम सिफारिश


- दृष्टि न्युज/संवाददाता


धरान, १५ कातिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले मेयर उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वा हाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो ।
जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्वारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए । प्रकाश र वेणु पूर्वएमाले हुन् भने फोक्साहाङ पूर्वमाओवादी हुन् । सिफारिसमा परेका तीनैजना पार्टीको जिल्ला सदस्य रहेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधनपछि उक्त पद रिक्त रहेको छ । नियोनियाका कारण काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै क्रममा सुब्बाको गत १ साउनमा निधन भएको थियो ।
सुब्बा स्थानीय निर्वाचन, २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट धरान उप–महानगरपालिकाका मेयरमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्