Logo
Logo

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिएका छन् । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ‘डीएल मेथड’मा ९ रनले हराएपछि नेपाल विश्वकप छनोटमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहीबार नेपाली क्रिकेट खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

नेपाली क्रिकेट टिम विश्वकप छनोट चरणमा पुगेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ट्विटरमार्फत खुशी व्यक्त गर्दै उनीहरुलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ट्विटरमा लेखेका छन्, ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई ।’

प्रतिक्रिया दिनुहोस्