काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ । ‘ड्र’ अनुसार च्याम्पियन्स लिगको साविक विजेता रियलले मड्रिडले क्वाटरफाइनलमा चेल्सीसँग खेल्ने छ ।

यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन महारथी वायर्न म्युनिखसँग क्वाटरफाइनल खेल्नेछ । बाँकी क्वार्टरफाइनलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगलको बेन्फिका तथा सिरी ए च्याम्पियन एसी मिलानले अर्को इटालियन क्लब नापोलीसँग खेल्नेछ।
क्वार्टरफाइनलको पहिलो लेग ११-१२ अप्रिलमा हुनेछ भने दोस्रो लेगका खेलहरू १८-१९ अप्रिलमा हुनेछन् । सेमिफाइनलको पहिलो लेग ९–१० मे र दोस्रो लेग १६–१७ मे हुनेछ ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र
रियल म्याड्रिड विरुद्ध चेल्सी
इन्टर मिलान विरुद्ध बेन्फिका
म्यानचेस्टर सिटी विरुद्ध बायर्न म्युनिख
एसी मिलान विरुद्ध नापोली
च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र
एसी मिलान वा नापोली विरुद्ध बेन्फिका वा इन्टर मिलान
रियल म्याड्रिड वा चेल्सी विरुद्ध म्यानचेस्टर सिटी वा बायर्न म्युनिख











