Logo
Logo

ए डिभिजन लिग : आर्मी क्लबले दोस्रो जित



काठमाडौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।
च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ ।

त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ । खेलको ६४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७५औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ । एनआरटीले ५ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्