Logo
Logo

सातै प्रदेशमा लुम्विनी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । लुम्बिनी विकास बैंकले सात वटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘ग्लोबल मनी विक–२०२३’ अन्तर्गत युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरुपमा मार्च महिनामा मनाइने एकहप्ते अभियान हो ।

‘प्लान योर मनी, प्लान्ट योर फ्यु्चर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२३’ यो वर्ष पनि चैत ६ देखि १२ गतेसम्म मनाएको छ । सप्ताहव्यापी महोत्सवमा बैंकले बिद्यालय समुदायका लागि वित्तीय शिक्षा र बिभिन्न वित्तीय गतिविधिका सन्दर्भहरु प्रस्तुत गरेको थियो । साथै विद्यार्थीहरुलाई वित्तीय योजना र ब्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा ज्ञान प्रदान गरेको छ ।

‘ग्लोबल मनी विक–२०२३’ सफल बनाउने उद्देश्यका साथ लुम्बिनी बिकास बैंकले सुदुरपश्चिम प्रदेशमा धनगढी र लम्की, कर्णाली प्रदेशको वीरेन्द्रनगर, लुम्बिनी प्रदेशको नेपालगन्ज, घोराही र मणिग्राम, गण्डकी प्रदेशको पोखरा, बाग्मती प्रदेशको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको वीरगन्ज र कोशी प्रदेशको विराटनगरमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको ८९ वटा शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर तथा १८ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुईदेखि दश गुणासम्म गर्न मिल्ने विशेष योजनालाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्